मुखमा लाईट बालिदिएको भन्दै धारिलो हतियारले हानेपछि……

माघ २८, पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा एक व्याक्तिले हतियारले आक्रमण गर्दा दुई जना गम्भीर घाईते भएका छन् । स्थानीय ३८ वर्षिय देबवहादुर नेपालीले हिजो २३ वर्षिय मिलन नेपाली र २८ वर्षिय विष्णु नेपाली गम्भीर घाईते हुनुभएको हो ।

हतियार सहितको आक्रमणबाट घाईते भएका दुबैजनाको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । आक्रमण पछि फरार रहेका देववहादुरलाई प्रहरीले आज शंकरपोखरी ३ मा लुकिरहेको अवस्थामा पक्रिएको छ ।

पक्राउ परेको उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा आज पर्वत जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । साँझ घरमा बसिरहेका देववहादुरलाई मुखमा लाईट बालिदिएको निहुँमा बादबिबाद हुँदा झगडा भएको बुझिएको छ ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १४:४७