सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल पर्वतको संयोजकमा बैकुण्ठ गिरी

माघ २८, पर्वत । सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल पर्वत जिल्ला संयोजकमा पत्रकार बैकुण्ठ गिरी चयन हुनुभएको छ । कुस्मामा आज सम्पन्न भएको भेलाले सह–सयोजकमा पत्रकार साजन परियार र सचिवमा पत्रकार रामकृष्ण लामिछानेलाई चयन गरेको छ ।

भने सदस्यहरुमा पत्रकार अगन्धर तिवारी,महेन्द्र के.सी,निर्भिक नारायण भूर्तेल,बिष्णु गौतम,ठाकुर रसाईली,ज्ञानप्रसाद भूषाल र कमला लामिछानेलाई चयन गरेको छ । अन्यलाई कार्य समितिको बैठकले मनोनित गर्ने छ । सरकारी कार्यालय सहित स्थानीय तहहरुका सवैखालका सुचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्छ । यो सञ्जालले सरकारी कार्यालयहरुका प्रचारमुखी सुचना मात्र नभई बेथिती न्यूनिकरणमा पनि भूमिका खेल्ने बताईएको छ ।

भेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बि.पौडेलले पत्रकारले कुनै पनि सर्तमा सहज रुपमा सुचना पाउने अधिकार यो संजालले पुरा गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । उहाँले पत्रकारले समेत सहज सूचना नपाउने स्थितीमा अरु नागरिकहरुले कसरी सूचना पाउन सक्छन् भन्दै सूचनालाई सहज बनाउन सरकारी निकाय र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल गण्डकी प्रदेशका संयोजक दिपक आचार्यले सहजिकरण गर्नुभएको थियो । भने,कार्यक्रमको सञ्चालन सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल कास्कीका सदस्य सविता शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १५:०९