फलेवास नगरस्तरीय बालसञ्जाल गठन : अध्यक्षमा नमुना पाण्डे

माघ २८, पर्वत । फलेवास नगरपालिकामा विद्यालयस्तरिय बाल भेला सम्पन्न भएको छ । भेलाले लिमिठाना माविकी नमुना पाण्डेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा थापाठाना माविका अबिरल पौडेल, सचिवमा राम माविका विमल रिजाल, सहसचिवमा जनता मावि देविस्थानकी बर्षा कुवँर र कोषाध्यक्ष सिद्ध माविका शिला कुवँर सर्बसम्वत चयन भएका छन । त्यस्तै सदस्यहरुमा जास्मिन कुवँर, अनुपा कुवँर, सुजना शर्मा, सुगिल नेपाली, सहारा नेपाली, संगित परियार,सिमा चपागाई रहनुभएको छ । नगरपालिकाका एघार ओटै वडाका बिद्यालयका विद्यार्थीहरुको उपस्थितमा नगरपालिका स्तरिय बाल संजाल गठन गर्न भेला आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर पदमपाणी शर्माले बालबालिका भोलीको भविष्य भएको बताए । उनले बालबालिकाका क्षेत्रमा बजेट बिन्योजन गरेको समेत दाबी गरे । मेयर शर्माले समाजमा ठुलाठुला परिवर्तन बाल उमेरवाट शुरु भएको उदाहरण प्रस्तुत गदै बालबालिकालाई समाजको सकारात्मक परिवर्तनको लागि सामाजिक अभियान सन्चालन गर्न सुझाब दिनुभयो । उपप्रमुख मन्जु अधिकारिले घर विद्यालय तथा समाजमा बालबालिकाले भोग्नुपरेका समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
बालबालिका सम्बन्धी एन २०७५ ले बालबालिका का सबै अधिकार सुनिशिच्ति गरेको फलेवास नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत सुरेश न्यौपानेले बताउनुभयो । आजका बालबालिका भोलिका परिबर्तनका सम्बाहक भएको भन्दै बालबालिका को क्षेत्रमा नगरपालिकाले र स्वयंमले पनि सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिना, शिक्षा शाखाका अधिकृत कृष्णप्रसाद आचर्य, नेपाल शिक्षक संघ फलेवास नगरसमितिका अध्यक्ष पुर्ण श्रेष्ठ, नेपाल शिक्षक संघ फलेवास कमिटीका अध्यक्ष दिपक पौडेल ,शिक्षक संघ प्रदेश कमिटीका सदस्य शारदा शर्मा, भंगराका वडाअध्यक्ष गंगाधर शर्माले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नगरपालिका का ११ ओटै विद्यालयका विद्यार्थीहरुको प्रतिनिधित्व रहेको थियो ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १६:१७