पर्वत अदालतमा मुद्धाको चाप ह्वात्तै बड्यो

माघ २९, पर्वत । पर्वत अदालतमा मुद्धाको चाप बढेको छ । चालु वर्ष परेका र लगत सरेर आएका मुद्धाहरुको चाप चालुवर्ष धेरै रहेको अदालतले जनाएको छ । अदालतले चालुवर्षका ६ महिना अर्थात साउन देखि पुष मसान्त सम्म भएका मुद्धाहरुको स्थिती, फस्र्योट र जरिवानाको बारेमा पत्रकारलाई मंगलवार एक कार्यक्रमको आयोजना गरि जानकारी दिईएको हो ।

अदालतका तहसिलदार नन्दप्रसाद आचार्यले अदालतमा रहेको मुद्धाका प्रकृतिका बारेमा जानकारी दिनुभयो । तहसिलदार आचार्यका अनुसार चालु वर्षको ६ महिनाको अवधिमा ४०६ वटा विभिन्न प्रकृतिका मुद्धा आएका थिए । ति मध्ये २१३ मुद्धा फस्र्यौट भई १९३ मुद्धा फैसला गर्न बाँकि रहेका छन् । अदालतमा दुनियाबादी देवानी मुद्धा २६८ वटा रहेकोमा १२८ वटा फस्र्यौट भई १४० वटा बाँकि रहेका छन् । दुनियाबादी फौजदारीका ७७ मुद्धा आएकोमा ४० फस्र्यौट भएका छन् भने ३७ वटा बाँकि रहेका छन् । सरकारबादी ५९ वटा मुद्धा रहेकोमा ४३ फस्र्यौट भई १६ वटा वाँकी रहेका छन् ।

अदालतमा पुनराबेदन सम्बन्धि १ र निषेधज्ञा सम्बन्धि १ मुद्धा रहेकोमा दुबै फस्र्यौट भएका छन् । अदालतका अनुसार चालु वर्ष सम्बन्ध बिच्छेदका १३० मुद्धा दर्ता भए । ति मध्ये पुरुषले दिएको सम्बन्ध बिच्छेदका मुद्धा ६४ थिए भने महिलाले दिएका ६६ थिए । ७४ मुद्धा फस्र्यौट भएका छन् भने फस्र्यौट गर्न बाँकी ५६ रहेका छन् । अदालतका न्याधिश सूर्यवहादुर थापाले अदालतमा अरु मुद्धाका तुलनामा धेरै रहेको बताउनुभयो ।

सम्बन्ध बिच्छेदका मुद्धाहरु मेलमिलापमा टुंगाउन प्रयास गर्दै आएको थापाले बताउनुभयो । थापाका अनुसार चालु वर्ष १३ जना जोडीको मेलमिलाप भएको छ । जिल्ला अदालतका स्रेस्तेदार जीवनकुमार पौडेलले चालु वर्ष ७८४ वर्ष ५ महिना १२ दिन कैदको दायित्व रहेकोमा ३० वर्ष ७ महिना ५ दिन फस्र्यौट भएकोमा ७५३ वर्ष १० महिना ७ दिन वाँकी रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति २९ माघ २०७६, बुधबार ०३:११