सरकारले आफ्नोलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति लिएको छ : पौडेल

माघ २९, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आफ्नो पक्षधरलाई जोगाउने र अर्को पक्षलाई पेल्ने नीति लिएको आरोप लगाएका छन् । पञ्चकन्या गापा–२ कालिका माविमा मंगलवार आयोजित ‘प्रथम चेयरमेन कप’ भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले काँग्रेस नेता विजय गच्छदारलाई अख्तियारले मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाउँदै सरकारले आफ्ना व्यक्तिले गरेको भ्रष्टाचारको ढाकछोप गर्ने गरेको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले पञ्चकन्याले जिल्लाभरको लागि खेलकूदको क्षेत्रमा राम्रो काम गरेको बताए । उनले पञ्चकन्या गाउँपालिकाले राजनीतिक रुपमा पनि सहिष्णुता प्रदर्शन गरी राजनीतिक संस्कारको थालनी गरेकोमा प्रशंसा गरे ।

प्रकाशित मिति २९ माघ २०७६, बुधबार ०३:४०