नेपाल टस जितेर बलिङ गर्दै, खेलाडी फेरिए

माघ २९, पर्वत । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा आयोजित त्रिकोणात्मक सिरिजको अन्तिम दिन बुधबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

१० बजे कीर्तिपुर मैदानमा सुरु हुने खेलका लागि टस भएको छ । नेपाली टिममा एक जना खेलाडी परिवर्तन भएको छ । यसअघि ओमानविरुद्धको खेलमा डेब्यू गरेका कमलसिंह ऐरीको ठाउँमा ललित राजवंशीलाई मौका दिइएको छ । नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । यसअघि भएका तीनवटै खेलमा ललित डगआउटमा बसेका थिए ।

नेपाली टिमको प्लेइङ सेट यस्तो छ :

ज्ञानेन्द्र मल्ल ९कप्तान०, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सुवास खकुरेल, कुशल मल्ल, आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाष बोहरा, ललितनारायण राजवंशी

अमेरिकाको प्लेइङ सेट यस्तो छ :

जेभियस मार्सल, आरोन जोन्स, स्टेभेन टेलर, मोनाक पटेल, इयान होल्याण्ड, अक्षया होमराज, करिमा गोरे, इल्मोर हुचिन्सन, क्यामरन स्टेभेन्सन, रस्टी थेरन, सौरभ नेत्रभाल्कर

प्रकाशित मिति २९ माघ २०७६, बुधबार ०३:५२