नेपाल तरुण दल नाग्लिवाङको अध्यक्षमा भक्तवहादुर थापा

फागुन २, पर्वत । नेपाल तरुण दल जलजला गाउँपालिकाले वडा स्तरिय समिति गठन प्रक्रियालाई तिव्र पारेको छ । संगठन विस्तार अभियान अन्तर्गत शुक्रवार जलजला गाउँपालिका–८ नाग्लिवाङमा वडा समिति गठन गरिएको छ । समितिले भक्तवहादुर थापाको अध्यक्षतामा ४१ सदस्यीय कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्याक्षमा लक्ष्मण क्षेत्री, मिलन केसी, महिला उपाध्याक्ष सुभा केसी, सचिवमा टिका जिसी, सहसचिवमा विष्णु खत्री र कोषाध्यक्षमा माधव प्रसाद रेग्मी चयन हुनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् नेपाली काँग्रेस जलजला गाउँपालिका सभापति चन्दवहादुर जिसीले तरुण दल पार्टीको मेरुदण्ड भएको बताउँदै संगठनलाई जिवन्त राख्न युवाहरु सामजिक कार्यमा लाग्न सुझाव दिनुभयो ।

नेपाल तरुण दल जलजला गाउँपालिका अध्यक्ष प्रकाश पुनको सभापतित्वमा सम्पनन भएको कार्यक्रममा नाग्लिवाङका सभापति रामप्रसाद क्षेत्री, नाग्लिवाङका वडा अध्यक्ष हरिविकास जिसी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमको संचालन तरुण दल जलजला गाउँपालिका सहसचिव यामवहादुर केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार १४:२५