सार्वजानिक माविका अध्यक्षद्धारा जन्मदिनका अवसर विद्यार्थीलाई पोशाक वितरण

निर्मल पौडेल । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा अवस्थित सार्वजानिक माध्यमिक विद्यालयका अध्यक्ष सरोज शर्मा बैरागीले विद्यालयका दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कटुवाचौपारी निवासी बैरागीले आफ्नो ३५ औँ जन्मदिनको अवसरमा विद्यालयका ५ जना विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको हो । विद्यालयमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई पोशाक वितरण गरिएको थियो ।

जन्मदिनमा हुने फजुर खर्च कटाएर विद्यार्थीलाई सहयोग गरेको बैरागीले बताउनु भयो । जन्मदिन मनाउँदा लाग्ने खर्चले विद्यार्थी भाईबहिनीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ, उहाँले भन्नुभयो,‘साथीहरुलाई बोलाएर, केट काटेर मनाउनु भन्दा विद्यालयका असहाय विद्यार्थीलाई सानो सहयोग गर्ने हेतुले पोशाक वितरण गरेको हुँ ।’ जीवनमा सँधै सहयोग गर्न नसकिएपनि जन्म, विवाह जस्ता उत्सव अरुका निम्ती मनाउन पाउँदा छुट्टै आनन्द आउने उहाँको भनाई छ । उहाँले पोशाक वितरण गदै विद्यालयलाई जिल्लाकै उत्कृष्ठ विद्यालय बनाउन लाग्ने प्रतिवद्धता समेत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिको जिम्मा लिएपछि विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अहरात्र खटेका बैरागीले विद्यार्थीका समस्या निरकरण गर्न चासो देखाएको विद्यालयले जनाएको छ । आर्थिक अभावका कारण पोशाक किन्न नसकिरहेका बेला विद्यालय व्यवस्थापन समितिका अध्यक्षवाट पोशाक पाउँदा विद्यार्थी हर्षित बनेको विद्यालयका प्रधानाध्यापक चन्दशेखर उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले जन्मदिन मनाउने नाममा अनावश्यक फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा सहयोग गर्नु उदाहरणीय कार्य भएको बताउनु भयो । उहाँले युवाले नेतृत्व गरेकै कारण सार्वजानिक माध्यमिक विद्यालय जिल्लाकै नमुना बन्न सफल भएको बताउँदै अवको नेतृत्व युवाले गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी र अभिभावकहरुले शुभकामना मन्तव्य राख्दै विद्यालयको गरिमालाई अझै उचैमा पु¥याउन शुभकामना दिएका थिए ।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार १६:३२