मन्त्री बाँस्कोटाको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने कांग्रेसको यस्तो छ तयारी

माघ ८, काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै काँग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ । संसद बैठक केहीबेरमा बस्दैछ । कांग्रेसले राष्ट्रियसभामा पनि अवरोध गरेको छ ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार ०९:३५