नैतिकताको आधारमा राजीनामा दिँए– गोकुल बास्कोटा

फागुन ८, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । आफ्नोबारे प्रश्न उठेकाले नैतिकताको आधारमा राजीनामा दिएको उनको भनाई छ । ट्वीट गर्दै बास्कोटाले भनेका छन्,‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु।’ सेक्युरिटी प्रेस खरिदमा संचारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोड घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पछि उनले पदबाट राजीनामा दिएका हुन्।

उनले उक्त अडियोमा कमिसनको डिल गरिरहेका छन् । स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार १२:५७