फागुपुर्णिमामा रत्नेचौरमा बृहत खेलकुद तथा मेला हुँदै

केपी कुमार जलन, फागुन ८, म्याग्दी । फागुपुर्णिमाको अवसर पारेर म्याग्दीको रत्नेचौरमा बृहत खेलकुद तथा साँस्कृतिक मेला आयोजना गरिने भएको छ । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । भ्रमण बर्ष २०२० लाई लक्षित गदै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सामजिक क्षेत्रमा क्रियाशिल रत्नेचौर जागरण समूहले कार्यक्रम आयोजना बताएको छ । बेनि नगरपालिका– १ रत्नेचौरमा फागुन २१ देखि २५ गते गते सम्म सञ्चालन हुने कार्यक्रममा धौलागिरी अन्चलस्तरिय बृहत् खुल्ला ११ साईड फुटबल प्रतियोगिताका साथै बिबिध साँस्कृतिक कार्यक्रमको व्यापक तयारी भएको समुहले बताएको छ ।

कार्यक्रममा खुला फुटबल प्रतियोगिता, खुल्ला सास्कृतिक प्रतियोगिता,ठेलो प्रतियोगिता,महिला म्युजिकल चियर ,घैटो फोर,स्लो बाईक रेस,साबिक वडा स्तरीय महिला रत्यौलि प्रतियोगिता तथा साथमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ ।

प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार १३:१२