मौसम परिवर्तन : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

फागुन ९, पर्वत । नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भू भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गकाअनुसार पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू९भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू९भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। आज काठमाडौं उपत्यकामासहित देशका विभिन्न स्थानमा हल्का वर्षा हुने छ।

आज बिहान ६ बजे निकालेको बुलेटिनमा राति देशभर आशिकदेखि सामान्य बदली रहने उल्लेख छ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०२:५६