सुनको भाउमा नयाँ रेकर्ड

फागुन ९, काठमाडौँ । सुनको भाउले बिहीबार नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ । यो भाउ इतिहासकै महँगो हो ।

चीनमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनको भाउ लगातार बढेको छ । यो भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । कोरोना भाइरसका कारण अन्य लगानीका बजारमा नकारात्मक असर परेकाले सुनमा लगानी बढ्दा भाउ बढेको हो । यस्तै बिहीबार चाँदी पनि तोलामा ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०३:१३