दोविल्ला–कार्किनेटा सडक कालोपत्रे हुँदै : एक महिना सवारी आगमन बन्द

फागुन ९, पर्वत । पर्वतको सिल्मीचोक कार्कीनेटा सडक खण्डको सवारी आगमन बन्द गरेर काम गरिने भएको छ । उक्त खण्डमा स्तउन्नतीको काम भैरहेकाले दिउँसो सवारी चलाउन रोक लगाईएको हो । जिल्ला प्रसासन कार्यालयमा बसेको निर्माण समिति र सरोकारवाला नागरिकहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

यही फाल्गुन १० गते देखि चैत ९ गते सम्म विहान १० बजे देखि ४ बजे सम्म सडक कालोपत्रे गर्नुपूर्व ढलान,ग्राभेल सहित रोलिङलाई समय आवश्यक परे पछि निर्माण कम्पनीले काम गर्ने समय छुट्टाएको हो । अन्यथा विहान १० बजे सम्म र वेलुका ४ बजे सम्म यातायता सञ्चालन हुने छन् । १२ सय मिटर ग्रावेल, १२ सय मिटर ढलान तत्काल हुने भएको छ । भने,सिल्मी गैराघर चोक हुँदै ठूलिपोखरी सम्मको ५ किलोमिटर सडक पक्कि हुन लागेको छ ।

आशिष फेवा जेभी कन्स्ट्रक्सनको पेटी ठेक्कामा आइटी कन्स्ट्रक्सनले यो खण्ड स्तरउन्नती सहित पक्कि बनाउन थालेको हो । केन्द्रिय आयोजना अन्र्तगत ७ करोडको लागतमा कालोपत्र हुन लागेको बताईएको छ । सडक बन्द भएपछि बैकल्पिक सडक प्रयोग गर्न त्यसक्षेत्रका नागरिकहरुलाई अनुरोध गरिएको छ । धाउखोला तमादी ठुलीपोखरीको बाटो प्रयोग गर्न सकिने पर्वत यातायात समितिसँग सम्झौता गरिएको छ ।

स्थानीयबासीले सडकको काम गुणस्तरिय बनाउन माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला प्रहरी,उद्योग बाणिज्य संघ,स्थानीय वडा कार्यालय,यातायात व्यवसायी,पूर्वाधार कार्यालयका प्रतिािधि सहित पत्रकारहरुको सहभागी भएका थिए ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०४:०३