कम्युनिस्टहरु सत्तामा पुगेपछि विचलित भएका छन् : प्रचण्ड

फागुन ९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको बताएका छन् । उनले यस्तो संकेत विश्व राजनीतिक इतिहाससँगै नेपालमा पनि देखिने गरेको बताएका हुन् ।

शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नरायाणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु क्रान्तिमा हुँदा जनताको मन जित्न सक्ने भएपनि सत्तामा पुगेपछि विचलित हुन थालेको धेरै उदाहरण भएको बताए ।

‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठुलो त्याग, तपस्या र बलिदान गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँबस्छन् त्यहीँ, जे खान्छन् त्यहीँ खाने, जनता जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन् । तर, सत्ता प्राप्त गरिसकेपछि कही न कहीँ त्यो अदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा पनि छन् । नेपालको इतिहासमा पनि त्यस्ता संकेत लक्ष्णहरु देखिने गरेका छन्’, अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने, ‘सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालचा, बिकृति, विसंगति र भ्रटाचारजन्य क्रियाकलापहरु देखिने गरेका छन् ।’साभार–रातोपाटीवाट

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०५:०७