कोरोना देखिएका ९ देशका सबै बिरामी निको भए

फागुन ९,काठमाडौँ । नोवेल कोरोना (कोभिड–१९) भाइरसको संकेत देखिएका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । नेपालसहित नौ देशका, श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकर एक जनामा कोभिड–१९ को संकेत देखा परेको थियो ।

यस्तै, भारतमा तीन तथा स्पेन र रसियामा दुई–दुई जनामा कोभिड -१९ को लक्षण देखिएको थियो । शुक्रबार विहानसम्म यी ९ वटै देशका सबै बिरामी घर फर्किसकेका छन् ।

१८ हजारलाई स्वास्थ्य लाभ
कोभिड(१९ देखिएका मध्ये १८ हजार ५८० जनालाई स्वास्थ्य लाभ भइसकेको छ । चीनसहित २० देशमा भने अझै पनि यो भाइरसको संकेत देखिएका छन् । यस्ता बिरामी चीनमा सबैभन्दा बढी ७५ हजार ४६५ जना छन् ।

सबै देशमा गरेर ७६ हजार ७३८ जनामा कोभिड(१९ को संकेत देखा परेको छ । त्यसमध्ये ५५ हजार ९११ जनामा मात्रै यो भाइरस सक्रिय रहेको एजेन्सीहरूले जनाएका छन् । उनीहरू मध्ये ४३ हजार ८४६ जनामा यसको हल्का असर मात्रै देखिन्छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०८:२३