आफैंले आफैंलाई सिध्याउने रहेछन् : प्रचण्ड

फागुन ९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कम्युनिस्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्यूत भइ आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ’–उनले भने–‘आफैंले आफैंलाई सिध्याउने रहेछन् ।’

‘हिजो मृत्युलाई सामना गरेर, जेलनेल, यातना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने तर शासन हातमा आएपछि अर्कै–अर्कै । यो सबैभन्दा बढी २०औं शताब्दीमा देखिएको थियो । कम्युनिस्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि शासनबाट बाहिरिन त्यहाँ पुँजीपति चाहिन्न । बन्दुक पनि चाहिन्न’–अध्यक्ष दाहालले भने–‘आफैंले आफैंलाई सिध्याउने रहेछन् ।’

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार १०:४९