पर्वतको बाच्छामा जीप दुर्घटना, पाँच घाईते –(विवरण सहित)

फागुन ९, पर्वत । पर्वतको विहादी गाउँपालिका – १ बाच्छा (उपल्लो बाच्छा) देखि कुश्माका लागि छुटेको जीप दुर्घटना भएको छ । ग १ ज ६८२८ नम्वरको जीप बाँच्छा खोलामा दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।
घाईते मध्ये तिलबहादुर क्षेत्री र केसु गुरुङ उपचारका लागि पोखरा पठाईएको छ भने अन्य सामान्य रहेको प्रहरीले जनाएको छ ।
सडकवाट तल्लो गह«ामा खसेका कारण कुनै मानविय क्षति भने हुन नपाएको प्रहरीको भनाई छ । साँघुरो बाटोमा मोड नपुग्दा दुर्घटना भएको हुनसक्ने स्थानीयको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाका अनुसार साँघुरो सडक भएका कारण सडकवाट तल्लो गह«ामा खसेको र कुनै मानविय क्षति नभएको प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार १२:५७