उपप्रमुखद्धारा सरकारी गाडीको चरम दुरुपयोग

फागुन ९, पर्वत । यहाँकी एक उपमेयरले सरकारी गाडीको दुरुपयोग गरेकी छन् । जिल्लाको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले सरकारी गाडीको दुरुपयोग गरेकी हुन् । जन्त जानका लागि सरकारी गाडी लिएर जिल्लाको रामेछाप नगरपालिकाको साँघुटार बजार पुगेकी हुन् । आफ्नै नगरपालिकाको कर्मचारी रहेका सुवास काफ्लेको विहेमा जन्त जानका गाडीको दुरुपयोग गरेकी हुन् ।
शुक्रबार र शनिबार सार्वजनिक विदा परेकोले सरकारी काम भन्दै उनले रामेछाप काठमाडौ हुँदै हेटौंडासम्मको पास लिएको सहायक प्रमुख जिल्ला अधिकारी भाष्कर दाहालले जानकारी दिए । तर सरकारी पास एक प्रयोजनले बनाएर नगर कर्मचारीको विवाहमा साँघुटार पुगिन् । विवाहमा जान हिडेकी उपप्रमुख माया कार्की चढेको बा २ झ २४०७ नम्बरको सरकारी गाडीमा जन्ती समेत खचाखच बसेका थिए। सरकारी गाडीको दुरुपयोग गरिएको भएमा गाडीलाई नियन्त्रण लिन ट्राफिक प्रहरीलाई निर्देशन दिएको नगर प्रमुख रमेश बस्नेतले बताए ।
पास एकतिरको लिएर अर्को तिर गएको विषयमा थप के हो बुझ्ने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ। उपप्रमुख कार्कीले भने आफ्नो कार्यक्षेत्र सालु भएको र कार्यक्षेत्रमा गएको र थप कार्यक्षेत्र बाहिर पनि घुम्न जाने अधिकार समेत आफूलाई भएको प्रतिक्रिया दिइन ्।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार १४:०४