हिरो बने चर्चित लोकदोहोरी गायक प्रकास सपुत

फागुन ९, पर्वत । चर्चित दोहोरी गायक तथा मोडेल प्रकाश सपुत नायकको रुपमा देखा पर्ने भएका छन् । चलचित्र परदेशी–२ मा सपूत नायकको रुपमा डेब्यु गरेका छन् । चलचित्र परदेशी–२ को औपचारिक रुपमा शुक्रबार छायांकनसहित शुभ मुहुर्त भएको छ । चलचित्रमा सपुतसँगै नायिका वर्षा सिवाकोटी रहनेछन् ।
गायक नारायण रायमाझी निर्माता तथा निर्देशकको रुपमा छन् । यस अघि निर्माण भएको परदेशी – १ मा इण्डियन आइडल बनेका प्रशान्त तामाङ नायकको रुपमा अभिनय गरेका थिए ।

बागलुङको काठेखोला ३ धम्जामा जन्मिएका कलाकार सपुतले आफ्नो सपना हिरो बन्ने भएको उल्लेख गर्दै अब सानैमा देखेको सपना पुरा हुन केही बाँकी नरहेको बताए । उनले चुनौती र अवसरका बीच लोकदोहोरीबाट चलचित्रमा प्रवेश गरेको तर छायांकन पश्चात गीत संगीतलाई निरन्तरता दिने प्रस्टाए ।
परदेशी–१ लाई अत्याधिक रुचाएसंगै शिवरात्रीकै दिनलाई मुख्य शुभ दिन पारी उक्त चलचित्रको मुर्हुत गरेको निर्माता तथा निर्देशक नारायण रायमाझीले जानकारी दिए ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार १५:१०