एमसीसीमा गम्भीर आपत्तिजनक बुँदा भेटियो

फागुन १०, काठमाडौ । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) गम्भीर र आपत्तिजनक बुँदाहरु भेट्टिएको छ । एमसीसी सम्झौता अध्ययन गर्न बनेको सत्तारुढ नेकपाको कार्यदलले यससँग जोडिएका सम्झौताहरुमा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको बताएको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा ती बुँदाहरु सच्चाउनुपर्ने सुझाव तत्काल सच्चाउनुपर्ने सुझाव दिएको छ ।
एमसीसी सम्झौतामा गम्भीर आपत्तिजनक बुँदाहरु भेटिएको संयोजक खनालले बताए । संयोजक खनाल भन्छन, ‘हामीले गम्भीर आपत्तिजनक बुँदाहरु भेट्यौं । अमेरीकाको न्यूयोर्क स्टेटको कानुन नेपालमा लागु हुनेछ भन्नेसम्मका बुँदा रहेछन ्।’ संयोजक खनालका अनुसार अहिलेको अवस्थामा एमसीसी पारित भए त्यसले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पार्छ। उनका अनुसार गम्भीर र आपत्तिजनक बुँदा हटाएपछि मात्र यसबारे निर्णय लिनुपर्छ ।
खनालले दुई अध्यक्षले दुई–तीन अध्ययन गरेपछि प्रतिवेदनमाथि पार्टीभित्र थप छलफल हुने छ ।

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनको लागि भन्दै खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन भएको थियो । उक्त कार्यदलले २० दिन अध्ययन गरेर प्रतिवेदन बुझाएको हो । साभार ः कान्तिपुर दैनिकवाट

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ०१:३८