नेकपा : एउटाको पीडामा अर्को समूह खुसी

फागुन १०, काठमाडौ । पार्टी संगठित भएको लामो समय भएपनि नेकपामा भावनात्मक सम्वन्ध बिस्तार हुन सकेको छैन । पार्टीभित्र भावनात्मक एकता गर्ने भनेर नेकपाका शीर्ष नेताले गृहकार्य गरेको र्गयै छन् । तर, नेकपाभित्र पूर्वसमूहको तुस यति धेरै छ कि, एउटा समूहको नेताको दुःखमा अर्को समूह उत्साही हुने गरेको देखिन्छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा र निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको हकमा नेकपाभित्र देखिएको राजनीतिक मनोभावले त्यहाँ भित्रको समूहगत मनोविज्ञान दर्शाउँछ ।

विवादमा तानिएपछि महराले राजीनामा दिनुपर्ने विषयमा नेकपाभित्रको पूर्व एमाले समूहका नेता कार्यकर्ताले निकै जोडतोडले आवाज उठाए, खास गरेर सामाजिक सञ्जालमा । महरा अदालतबाट सफाई पाएर रिहाई हुँदा पनि यस्तै टिप्पणी पूर्व एमाले पंक्तिबाट सामाजिक सञ्जालमा देखिए ।

महराको प्रकरणमा नेकपाभित्र जुन मनोविज्ञान देखिएको थियो, त्यस्तै समस्या सञ्चारमन्त्री बाँस्कोटाको राजीनामामा पनि देखियो । बुधबार ‘कमिसन प्रकरण’को अडियो टेप सार्वजनिक भएसँगै, पूर्व माओवादी समूहबाट उनको राजीनामाको माग हुन थाल्यो ।

नेकपा अध्यक्ष दाहाल राजीनामा दिन सुझाव दिँदै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गए। अन्ततस् बाँस्कोटाको राजीनामा आयो। तर, पूर्व माओवादी समूहले बाँस्कोटामाथि प्रश्न उठाउन छाडेनन्। बाँस्कोटा प्रकरणमा नेकपाकै माधव नेपाल समूह पनि उत्साही देखियो। साभार ः कान्तिपुर दैनिकवाट

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ०१:५०