श्रीकाङ्ग युवा क्लवको वार्षिकोत्सब तथा महाशिवरात्री मेला भव्य रुपमा सम्पन्न

फागुन १०, पर्वत । सामजिक रुपमा सक्रिय यहाँको एक सामजिक युवा क्लवले आफ्नो प्रथम बार्षिकत्सव एवम् महाशिवरात्री मेला भव्यताका साथ सम्पन्न गरेको छ । पर्वतको फलेवास नगरपालिका – ११ पाङराङ्ग श्रीकाङ्गमा एक बर्ष अगडी स्थापना भएको श्रीकाङ युवा क्लवले आफ्नो प्रथम बार्षिक उत्सव एवम् महाशिवरात्री मेला भव्यताका साथ सम्पन्न गरेको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ फागुन ४ गतेबाट शुरु भएको मेला शुक्रवार एक समरोहका विच सम्पन्न भएको आयोजकले जनाएको छ । मेलाको अवसरमा विविध खेलकुद,शैक्षिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिता, भजन प्रतियोगिता, हाजिरीजफ तथा विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियोे ।

मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगितामा बौद्ध युवा क्लब दुक्तान पहिलो भएको छ । त्यस्तै आयोजक श्रीकाङ युवा क्लब दोस्रो, पाङराङ युवा समाज तेस्रो र आयोजक ‘बि’ चौथो भएका छन् । त्यस्तै भजन प्रतियोगितामा पाङराङ भजन समूह पहिलो, धौलागिरी आमा समूह पाङराङ दोस्रो, सुन्तलावारि आमा समूह खोरियाखर्का तेस्रो भएका छन ।
त्यस्तै शैक्षिक कार्यक्रम अन्तर्गत वडा स्तरमा रहेका प्रावि तहका विद्यालयहरु विचमा भएको हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योती प्रावि पहिलो,चण्डीजनकल्याण प्रावि दोस्रो,कार्नाश प्रावि शुलिकोट तेस्रो र सिद्ध माविको प्रावि चौथो भएको छ । मेलामा आयोजित छेलो प्रतियोगितामा उत्तम पाण्डे पहिलो हुनुभएको छ । कार्यक्रममा विभिन्न कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो । हजारौको सहभागिता रहेको कार्यक्रममा लोकदोहारी गायक सुदिप क्षेत्री, सुस्मीता क्षेत्री, नविना सुवेदी, सुरेश परियार, हाँस्यकलाकार सन्दिप बस्याल, सन्दिप पाठक लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाकि उपप्रमुख मन्जु अधिकारीले खेलकुद, खेलाडी, कला संस्कृतिको विकासमा नगरपालिकाले विशेष जोड दिएको बताउनुभएको छ । क्लबले आयोजना गर्ने कार्यक्रमहरुले आपसी सद्भाव, मेलमिलाप साथै स्थानीय कला संस्कृति जगेर्ना हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथि तथा समाजसेवी दिपक जङ कुवरले क्लबलाई तन मन धन सबै तवरबाट सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक कार्यमा अग्रसर हुन आग्रह गर्नुभयो । कार्यक्रम संयोजक सन्तोष केसीले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा फलेवास नगर कमिटि सचिव शोभा क्षेत्री, समाजसेवी दिपक जङ कुवर, गणेश कुवर, वार्ड सदस्य रुद्र पाठक, नेविसंघ फलेवास नगर सभापति सन्तोष पाठक लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
क्लबका अध्यक्ष बिराज कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका सचिव राजु कुवँरको स्वागत मन्तव्य र कार्यक्रमको संचालन संचारकर्मी रामकृष्ण लामिछाने र कार्यक्रम संयोजक सन्तोष केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ०३:२७