एमसीसी पारित हुन्छ : दाहाल

फागुन १०, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) पारित हुने बताएका छन् । एमसीसीबाट तर्सिन पर्ने वा ठाडै अस्वीकार गर्नपर्ने अवस्था नरहेको दाहालले बताए । ‘दीर्घकालीन रुपमा नेपाललाई हानी नहुने गरी एमसीसी पारित गर्न नेकपाले अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलको सुझाव अनुसार परिमार्जन गरेर एमसीसी पारित हुन्छ,’ दाहालले भने ।शनिबार नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय हितमा हुने गरी परिमार्जन गरेर एमसीसी पारित गरिने अध्यक्ष दाहालको भनाई छ ।


दाहालले एमसीसी नेपालमा आउने सहमति भएपछि सबै दल र नागरिक समाजका प्रतिनिधि उत्साहित भएको बताए । दीर्घकालीन राष्ट्रिय हितमा असर नदेखियोस भनेर पार्टीले अध्ययन कार्यदल बनाएको भन्दै उनले अव कार्यदलको सुझाव अनुसार सहमति जुटाउने प्रयास हुने बताए । एमसीसी लागू गर्दा पुरै नेपालको हितमा छ कि छैन भन्नेमा आफूहरु चनाखो रहेको दाहालको भनाइ छ ।आजको कान्तिपुर अनलाईन संस्कारणमा खवर रहेको छ ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ०७:५५