तरुण दल कुर्घाको अध्यक्षमा क्षेत्री, ठानामौलामा नेपाली

फागुन १०, पर्वत । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल फलेवास नगर समितिले संगठन विस्तार अभियान शुरु गरेको छ । गत महिना बसेको कार्य समितिको बैठकले नगरका ११ वटै वडामा समिति गठन गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम आज फलेवास नगरपालिका–१० कुर्घावाट अभियान शुरु गरिएको छ ।

नेपाली काँग्रेसमा आवद्ध युवाहरुको भेलाले तारावहादुर क्षेत्री ‘राम’ को अध्यक्षमा ३९ सदस्य कार्य समिति गठन गरेको छ । त्यस्तै फलेवास नगरपालिका–१० ठानामौलामा पनि नेपाल तरुण दल वडा समिति गठन भएको छ । ठानामौलामा बसेको युवाहरुको भेलाले बुद्धवहादुर नेपालीको अध्यक्षमा २१ सदस्यीय कार्य समिति गठन गरेको हो । तरुण दलले छुट्टाछुट्टै स्थानमा कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल तरुण दल फलेवास नगर समितिका सभापति दिनेश लाछिानेको अध्यक्षतामा दुवै स्थानमा कार्यक्रम सम्पन्न भएको हो । कुर्घामा भएको कार्यक्रमा नेपाली काँग्रेस कुर्घाका सभापति अमरवहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने, ठानामौलामा नेपाल विद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको तरुण दलले जनाएको छ ।

ठानामौलामा भएको कार्यक्रममा नेपाली काँग्रेस ठानामौलाका सभापती हिमराज कुवँर, सचिव शालीग्राम कुवँर, वडा अध्यक्षका उम्मेदवार रोशन गुरुङ लगायत शुभकामना मन्त्य राख्नु भएको थियो । त्यस्तै कुर्धामा भएको कार्यक्रममा नेपाली काँग्रेस कुर्घाका सभापति अमरवहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदी, नेपाली काँग्रेस कुर्घाका उपसभापति कमलप्रसाद पौडेल, सचिव दाताराम लम्साल, नेपाल शिक्षक संघका पूर्व क्षेत्रिय अध्यक्ष मेघनाथ लम्साल, वडा अध्यक्षका उम्मेदवार भवानीप्रसाद शर्मा, नेपाल तरुण दल फलेवास नगर समितिका उपाध्याक्ष सरोज खनाल, तरुण दलका नेता निर्मल नेपाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रजातन्त्रमा आस्थावान युवाहरुलाई संगठित रुपमा बलियो बनाउन तथा पार्टीका गतिविधीलाई जनमानसमा पु¥याउने उद्देश्यले संगठन विस्तार अभियानमा जुटेको तरुण दल फलेवास नगर समितिका उपाध्याक्ष अच्युतकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य तरुण दल फलेवास नगर समितिका उपाध्याक्ष टेकवहादुर पाठक र कार्यक्रमको संचालन नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार शिवले गर्नुभएको थियो । तरुण दल फलेवासले आईतवार शंकरपोखरीमा तरुण दल गठन गर्ने जनाएको छ ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार १४:५४