बनौ र शालिजामा नेपाल तरुण दल गठन

फागुन १०, पर्वत । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल जलजला गाउँपालिकाले पालिकाका सबै वडामा लगभग तरुण दल वडा कमिटी गठन गरेको छ । तरुण दल जलजला गाउँपालिकाले पूर्णता पाएसँगै सवै वडामा तरुण दल गठन गर्न थालिएको हो । तरुण दलले आज जलजला गाउँपालिका–९ बनौमा समिति बिस्तार गरेको छ ।

बनौमा आज भेलाका भएका युवाहरुको समूहले तरुण दल बनौको अध्यक्षमा यमवहादुर पुर्जालाई चयन गरेको छ । समितिको महिला उपाध्याक्षमा देवी चोचाङ्गी, उपाध्याक्षमा केशवहादुर पुन, राजकुमार पुन, सचिवमा कुमार पुन, सहसचिवमा चुक्तवहादुर पुर्जा, कोषाध्याक्षमा प्रेमवहादुर पुर्जा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा श्रीप्रसाद फगामी मगर, विजमन पुर्जा लगायत ४४ सदस्यीय कार्य समिति गठन गरेको नेपाल तरुण दल जलजला गाउँपालिकाका अध्यक्ष प्रकाश पुनले जानकारी दिनुभयो । त्यस्तै यता जलजला गाउँपालिका ६ सालिजामा लालामणि सुवेदीको अध्यक्षतामा ३४ सदस्य कार्य समिति गठन गरिएको पुनले बताउनु भयो ।

प्रजातन्त्रमा आस्थावान युवाहरु संगठिन बनाउन तरुण दल गठन गरेको उहाँको भनाई छ । ‘पार्टी अहिले निकै कमजोर अवस्थामा छ । पार्टीलाई मजबुत बनाउन तथा पार्टीका गतिविधीलाई प्रभावकारी रुपमा अगढी बढाउन हामीले गाउँगाउँमा संगठन बनाएका छौँ ।’ सालिजा र बनौमा भएको कार्यक्रममा नेपाली काँग्रेस जलजला गाउँपालिकाका सभापति चन्द्रवहादुर जिसी, जलजला गाउँपालिकाकी उपाध्याक्ष सिमा गर्जुजा लगायतको उपस्थिती रहेको थियो । उपाध्याक्ष मनोहर आचार्यको स्वागत मन्तव्य र कार्यक्रमको संचालन तरुण दल जलजलाका सचिव पूर्ण बरुवालले गर्नुभएको थियो ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार १६:३९