उडिरहेको हेलिकाेप्टरबाट जस्तापाता  खसेपछि…..

फागुन ११, काठमाडौँ । सोलुदूधकुण्ड नगरपालिका १ को टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोलुखुम्बुको लागि यो घटना भने पहिलो होइन । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत निर्माणका सामाग्री खसेको छ ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालका अनुसार शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाको जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो । कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार ०४:१६