तरुण दल फलेवासको सहसचिव र सदस्यमा दुई जना मनोनित

फागुन ११, पर्वत । नेपाल तरुण दल फलेवास नगर कार्य समितिले सहसचिव र सदस्यमा दुई जनालाई मनोनित गरेको छ । संगठनलाई थप मजबुत बनाउने उद्देश्यले सहसचिवमा शिवहादुर क्षेत्री र सदस्यमा सन्तोष क्षेत्रीलाई मनोनित गरेको हो । दुवै जना फलेवास नगरपालिका–६ देविस्थान निवासी हुन् ।

नेपाल तरुण दलको विधी, विधान र मर्यादा भित्र रहेर संगठनलाई गतिशिल बनाउन तरुण दल फलेवासले सह–सचिव र सदस्यमा २ जनालाई मनोनित गरिएको तरुण दल फलेवास नगर समितिका सभापति दिनेश लामिछानेले जानकारी दिनुभयो । तरुण दल फलेवासले संगठन विस्तार अभियान थालेसँगै उनीहरुलाई मनोनित गरिएको अध्यक्ष लामिछानेले बताउनु भयो ।

यसै बिच नेपाल तरुण दल फलेवास नगर कार्य समितिले फलेवास नगरपालिका–३ शंकरपोखरीमा नेपाल तरुण दल वडा कार्य समिति गठन गरेको छ । प्रजातन्त्रमा आस्थावान युवाहरुको समूहले सतिस रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । समितिकाका अन्य सदस्यलाई अर्को बैठक निर्धारण गर्ने तरुण दलले जनाएको छ ।

नेपाल तरुण दल फलेवास नगर कार्य समितिका सभापति दिनेश लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस शंकरपोखरीका पार्टी सभापति एवम् वडा अध्यक्ष अर्जुनवहादुर कार्कीको प्रमुख आतिथ्यता र नेपाल तरुण दल फलेवास नगर कार्य समितिका उपाध्याक्ष सरोज खनाल, नेपाल तरुण दल शंकरपोखरीका निर्वतमान अध्यक्ष धुव्र तिवारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल तरुण दलका युवा निर्मल नेपाली र यमन कुवँर लगायतका युवाहरुको विशेष उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन नेपाली काँग्रेस शंकरपोखरीका पार्टी सचिव शिव तिवारीले गर्नुभएको थियो ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १४:५४