काँग्रेस कमजोर हुँदा मुलुकमा भष्ट्राचार बढ्यो : सभापति देउवा

फागुन ११, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई मजबुत बनाउने समय आएको बताएका छन् । पार्टी एक नहुन नसक्दा मुलुकमा नितिगत भष्ट्राचार मौलाउँदै गएको बताउँदै सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने निकिर गरे । उनले नीतिगत निर्णयको नाममा सरकारले मनपरी ढंगले काम गर्न थालेको आरोप लगाएका छन् । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा बोल्दै सभापति देउवाले सरकारले नीतिगत निर्णयको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाए ।

सभापति देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्न कसैलाई छाड्न नहुने बताए । उनले यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए । अडियो टेप प्रकरणमा नेपाली कांग्रेसले पनि खोजी गर्ने देउवाको भनाइ छ ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १०:३०