फेवातालमा डुंगा पल्टिँदा एक जना बेपत्ता

फागुन १२, पर्वत । पोखरा फेवातालमा डुंगा पल्टिँदा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका छन् । डुंगामा ३ जना चढेको र २ जनालाई भने उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए । उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे छन् ।

चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको थियो । ‘चलाउँदा चलाउँदै पानी भरिएर पल्टिएको भन्ने कुरा आएको छ । बाँकी अनुन्धान भइरहेको छ,’ प्रहरीले भन्यो । लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले फेवातालमा हराइरहेका लुइँटेलको खोजी कार्य तीब्र पारिएको जनाएको छ ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार ११:३४