ओलीको जन्मदिनलाई लक्षित गदै भिम रावलले दिए कडा अभिव्यक्ति

फागुन १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा ‘केक’ को विषयलाई सत्तारुढ दलका एक नेताले आपत्ती जनाएका छन् । नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले जन्मदिनको अवसरमा काटेको ‘केक’ को विषयलाई लक्षित गर्दै देशलाई काटेर खान नमिल्ने भन्दै आपत्ती जनाएका हुन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै ट्वीटरमा उनले लेखेका छन, ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन ।’ केक काटेर खाने नेपालीको मौलिक संस्कृति नभएको समेत प्रष्टाएका छन् । ‘समृद्धि’का लागि संसारसामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउने पार्टी निर्णय हुन नुहुने भन्दै असतुष्टि समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १३:०२