कुश्मा बजारमा जुवातास खेल्ने तिन महिला सहित ६ जुवाडे प्रकाउ

फागुन १२, पर्वत । सदरमुकाम कुश्माबाट तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले ६ जना जुवाडे प्रकाउ परेको छ ।
कुश्मा बजारको शिवालय चोकमा वडा नं. ६ शिवालयचोकवाट ६ जना जुवाडे पक्राउ परेका हुन् । प्रकाउ पर्नेहरुमा पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नंं. ४ का पवन गुरुङ,वडा नं. ९ का गोविन्द अधिकारी, वडा नं. ५ का कुशा गुरुङ, वडा नं. ६ कै धर्मराज गुरुङ, सोहि स्थानकी शान्ति गुरुङ र सुनकुमारी गुरुङ रहेका छन् ।

सोमवार दिउँसोको समयमा मोटो रकम हारजीत हुनेगरी स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलीरहेको सुचनाको आधारमा गएको प्रहरी टोलीले ६ जना जुवाडेलाई ७६ हजार ९ सय ६५ रुपैया नगद सहित पक्राउ गरेको हो । सँगसँगै तास पनि बरामद गरिएको छ ।

उनिहरुलाई सोमवारै जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी विकास थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १३:१५