सीता केसी र रामु खत्रीले ल्याए रवि, धुर्मुसदेखि कुलमान र महाविरलाई समेटेर नयाँ गीत

फागुन १२, काठमाडौं । कलाकार रामु खत्रीले राष्ट्रिय भाव बोकेको सांगेतिक कोशेली बजारमा ल्याउनुभएको छ । सुमधुर आवाजकी धनी गायिका सीता केसी र गायक रामु खत्रीको आवाजमा उक्त गीत संगीत बजारमा आएको हो ।

सुवास जिसीको शव्द सृजना र गायक रामु खत्रीको संगीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियो कृष्ण केसीले निर्देशन गर्नुभएको छ ।
नेपालको सुन्दरता र खासगरि पछिल्लो समयमा सरकारले राम्रो काम गर्दा पनि सामाजिक सञ्जालमा आउने विरोधलाई गीतको माध्यमबाट चिर्न खोजिएको कलाकार खत्रीले बताउनुभयो ।

गीतमा विकास निर्माणमा अवरोध तथा नकारात्मक टीकाटिप्पणी गर्ने बानीले देश विकासमा समस्या भएकाले नेपालको समृद्ध विकासका लागि सवैभन्दा पहिले राम्रो देख्ने आँखा चाहिन्छ भन्ने भाव व्यक्त भएका छन ।

देशको यथार्थ परिवेश र अवस्थालाई सरल भाषा शव्द तयार भएको उक्त गीतलाई एक पटक हेरेर, सुनेर कस्तो लाग्छ सुझाव,सल्लाह र प्रतिक्रिया दिनका लागि खत्रीले दर्शक, स्रोतालाई अनुरोध गर्नुभएको छ । खत्रीका अन्य गीतहरु पनि बजारमा आइसकेका छन ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १४:०३