छोरी बलात्कारको अभियोगमा बाबु जेल चलान

फागुन १२, काठमाडौँ । आफ्नै १६ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई कारागार चलान गरिएको छ । आफ्नै छोरीलाई डरधाक देखाइ पटक– पटक जबरजस्तीकरणी गरेको आरोपमा ती बाबुलाई जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार चलान गरेको हो ।
माघ २० गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका गन्यापधुराका एक जनालाई जिल्ला अदालत डडेल्धुराले पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

विगत ६ महिनादेखि जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १४:१२