कांग्रेसले भष्ट्राचारका विरुद्ध सडकमा आगो बाल्छ, तपाईहरु आउनुपर्छ : कोईराला

फागुन १२, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले गरेका भष्ट्राचारका विरुद्ध सडकवाट विद्रोह गर्ने बताएका छन् । कांग्रेसले सडकमा प्रतिपक्षको भूमिका खेल्न नसक्दा वर्तमान सरकारले गरेका भ्रष्टाचार र अनियमितताबारे जनताले राम्ररी थाहा पाउन नसकेको बताउँदै अब पक्कै पनि काँग्रेसले भष्ट्राचारका विरुद्ध सडकमा आगो बाल्छ र आब्हान गर्छ, तपाईहरु सडकमा आउनुपर्छ । संसदमा खेल्ने भुमिका सांसदले खेल्नेछन ्।’

उनले पार्टीले प्रतिपक्षको भूमिका राम्ररी खेल्न नसकेको स्वीकार गरे । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले गरेका भ्रष्टाचार, अनियमितताका विषयलाई प्रमुख प्रतिपक्षको हैसियतले कांग्रेसको भूमिका नदेखिएको बताए ।
‘वर्तमान सरकारले गरेका भ्रष्टाचारका यति धेरै कुरा छन्न हरेक कुरामा हामी सडकमा आउनुपथ्र्यो, तर कता–कता के हो ? के हो ? अल्मलिएको अवस्थाबाट हामी गुज्रिरहेका छौं,’ कोइरालाले भने ।

सरकारले गरेका नराम्रा कामको प्रतिवाद नगरे जनताको नजरमा कांग्रेस कमजोर देखिने बताए। पार्टीले प्रतिपक्षको भुमिका निभाउनुपर्ने बेलामा सत्ताधारी दलसँग भागबण्डा गर्न नहुने उनको जोड छ। कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ दिदै नेता कोइरालाले पार्टी्भित्र तिक्तता नभएको दाबी गरे ।

‘हाम्रो पार्टी निर्वाचनको संघारमा गइराखेको अवस्थामा भित्र गुट–उपगुट हुनु, मन मुटाव हुनु स्वभाविक हो,’ उनले भने ‘तर जतिबेला हामी कम्युनिष्टसँग लड्नुपर्ने बेला हुन्छ, त्यो बेलामा हामी एक ढिक्का छौं कि छैनौं भन्ने कुरा सबभन्दा महत्वपुर्ण हुन्छ।’ कम्युनिष्टसँग लड्दाखेरी या अन्य कुनैपनि पार्टीसँग लड्दाखेरी कांग्रेस नेता, कार्यकर्ता एक छौं कि छैनौं भन्ने मुख्य कुरा भएको कोइरालाले स्पष्ट पारे।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १५:५३