आफैले ढालेको रुखले च्याप्दा बागलुङमा एकको मृत्यु

फागुन १३, बागलुङ । आफैले ढालेको रुखले च्याप्दा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेका ४६ वर्षीय रत्नबहादुर कार्कीलाई मंगलबार दिउँसो आफैले ढालेको रुखले किचेको थियो ।

गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक हेमबहादुर केसीले जानकारी दिए । सँगै रुख ढाल्न गएका ४२ वर्षीय पदम कार्कीघाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेकोले उपचार भइरहेको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार १४:५०