प्रजातन्त्रको रक्षाका लागि अन्तिम लडाई हुन्छ, तयार भएर बस्नुसः देउवा

फागुन १३, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आएको बताउनु भयो ।
काँग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक काँग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गदै त्यसका लागि तयार भएर बस्न आग्रह गर्नुभएको छ ।

देउवाले प्रजातन्त्रका लागि कुनैपनि समयमा अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गर्नुभयो । उहाँले कुनैपनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा काँग्रेसले कसैसँग सम्झौता नगर्ने दावी गर्नुभयो ।

सभापति देउवाले काँग्रेसभित्र केही विवादहरु देखिएपनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिने तर राष्ट्रको हितका लागि काँग्रेस सँधै एकजुट भएर लडाई लडेको भन्दै अब पनि अन्तिम लडाई लडन तयार भएर बस्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार १४:५८