नेपाल तरुण दल पाङराङको अध्यक्षमा यमन कुवँर

फागुन १३, पर्वत । नेपाल तरुण दल फलेवास नगरपालिका–११ पाङराङको अध्यक्षमा यमन कुवँर चयन हुनुभएको छ । पाङराङमा भेला भएका प्रजातन्त्रमा आस्थावान युवाहरुले कुवँरलाई अध्यक्षमा चयन गरेका हुन् । लामो समयदेखी नेपाली काँग्रेसको राजनितिमा सक्रिय कुवँर सामजिक व्यक्तिका रुपमा पनि परिचित हुनुहुन्छ । त्यस्तै समितिको उपाध्याक्षमा रञ्जन कुवँर, सचिवमा पुष्पा श्रेष्ठ, सहसचिवमा राजकुमार सुनार र कोषाध्याक्षमा सनाम सुनार लगायत २७ सदस्यीय कार्य समिति गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै पाङराङका वडा अध्यक्ष एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी जितवहादुर सुनार ‘शेरवहादुर’ले नेपाल तरुण दल नेपाली काँग्रेसको मेरुदण्ड भएको बताउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गदै वर्तमान सरकारले गरेका भष्ट्राचारलाई जनता सामु उजगार गर्न निर्देशन दिनुभयो । उहाँले नेपाली काँग्रेसमा कुनै गुट उपगुट नभएको जिकिर गदै काँग्रेस युवाहरुको भविष्य सँग जोडिएको पार्टी भएकाले सम्पूर्ण युवाहरुलाई नेपाल तरुण दलमा आवद्ध हुन आग्रह गर्नुभयो । वडा अध्यक्ष सुनारले फलेवास नगरपालिकाका अन्य वडा भन्दा काँग्रेसले विजयी गरेको वडामा विकास निर्माणका कामले गति लिएको बताउनु भयो । साथै उहाँले विकास निर्माणमा जनसमुदायको सहभागिता अत्यन्तै आवश्यक रहेको बताउँदै वडा विकासमा सवैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य मानवहादुर भुषाल, माया पाठक, नेपाली काँग्रेस पर्वतका क्षेत्रिय कोषाध्याक्ष गंगा भुषाल, नेपाली काँग्रेस पाङराङका उपसभापति पूर्णवहादुर कुवँर, क्षेत्रिय प्रतिनिधी धुव्रप्रसाद पाठक, नेपाल तरुण दल फलेवास नगरपालिकाका उपाध्याक्ष अच्चुतकृष्ण श्रेष्ठ, सचिव भानुप्रकाश थापा, सहसचिव शिववहादुर क्षेत्री, तरुण दलका नेता निर्मल नेपाली, राजिव श्रेष्ठ, नेपाल विद्यार्थी संघ फलेवास नगरपालिका संयोजक सन्तोष पाठक, नेपाल दलित संघ पाङराङका अध्यक्ष भिम नेपाली, रामप्रसाद गौत्तम, दिनेश कुवँर लगायतले बोल्नुभएको थियो ।

नेपाल तरुण दल फलेवास नगर कार्य समितिका सभापति दिनेश लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य यमन कुवँर र कार्यक्रमको संचालन नेपाल तरुण दल फलेवास नगर कार्य समितिका उपाध्याक्ष टेकवहादुर पाठकले गर्नुभएको थियो ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार १७:४३