मृगौला पीडितलाई प्रवासिको सहयोग

फागुन १५, पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं. २ खुर्कोट निवासी दुवै मृगौला पीडित २२ वर्षिय सुस्मिता परियारलाई उपचारका लागि प्रवासिहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रवासी युवाहरुले संकलन गरि पठाएको नगद रु १ लाख १५ हजार रकम नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले बिहीवार एक कार्यक्रमका विच पिडितलाई हस्तान्तरण गर्नुभएको छ । साउदी अरवमा रहेका प्रवासी हिम वाहदुर क्षेत्रीको पहलमा वेनीवाट मनवहादुर पुन मगर, पोखराका भोज वहादुर गुरुङ, वुटवलका रमेश लगाएतले संकलन गर्नुभएको हो ।

सोहि कार्यक्रममा विधुत प्राधिकरण प्रमुख ललित नारायण चौधरीले रु २ हजार, स्थानिय गिता पुरी रु १ हजार १०, शिव पुरीले १५ सय, रुपा पुरी १ हजार, डिलमाया रेग्मीले रु १५ सय, टिका कुमारी पुरीले १ हजार, लक्ष्मी पुरीले ५ सय, सिता देवीले रु १ हजार, कृष्ण वहादुर क्षेत्रीले रु १ हजार, शुसिला गिरीले रु १५ सय, लक्ष्मण गिरीले १२ सय, नरवती पुरीले रु १५ सय, भागिरथ पौडेलले रु १ हजार रुपैयां सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार १४:१४