ट्राफिक कार्यालय नजिकैबाट ट्रयाक्टर चोरी

फागुन १६, पर्वत । सदरमुकाम कुश्मा बजारवाट बुधवार राती ट्याक्टर चोरी भएको छ । शिवालय चोक स्थित हिमालय हार्डवयर पसलका संचालक शिव सुवेदीको ट्याक्टर चोरी भएको हो । हार्डवयरको पछाडी पट्टी जिल्ला ट्राफिक कार्यालयको पूर्वपट्टि पार्कीङ गरी राखिएको लु ४ त ५९६२ नम्वरको न्यु होलेन कम्पनीको ट्याक्टर चोरी भएको पीडित सुवेदीले बताए । ‘सिसि क्यामराको फुटेज हेर्दा करिव एक बजेको समयमा ३ जनाको समुहले ट्याक्टर चोरेको देखिन्छ । तर, ट्याक्टर कता लगे भन्नी पत्तो छैन, सुवेदीले भने ।,’ सदरमुकाम कुश्मा बजारको मुख्य चोकवाट रातको समयमा ट्याक्टर हराउनु घटना जिल्लामा पहिलो हो ।

प्रहरीहरु रातीमा प्राय कम गस्ती गर्ने भएकाले पनि यो समस्या आएको स्थानीयले गुनासो गरेका छन् । पछिल्लो समयमा ट्राफिक व्यवस्थापनमा आवाज उठ्दै आएको बेला ट्राफिक प्रहरीको कार्यालय नजिक राखिएको ट्याक्टर हराउनुले प्रहरी माथि थप चुनौती थप्पीएको छ । यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरि निरिक्षक विकास थापाले घटनाको अनुसन्धान भईरहेको जानकारी दिनुभयो । घटनाको विषयमा अन्य जिल्लाका प्रहरी प्रशासन सँग समन्वय भएको दावी गदै घटनाको सत्यतथ्य छिट्टै पत्ता लाग्ने दावी गर्नुभयो ।

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार १७:५२