सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता उत्प्रेरणा तालिम तथा बनभोज कार्यक्रम सम्पन्न

फागुन १८, पर्वत । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको धौलागिरी अञ्चल स्तरिय अभिकर्ता उत्प्रेरणा तालिम तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा आयोजना भएको कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा कार्यरत ३ सय भन्दा बढि अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
अभिकर्ता विच आपसी सम्बन्ध र आत्मीयता कायम गर्ने उद्देश्यले बनभोज कार्यक्रमलाई आयोजना गरिएको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी कुश्मा शाखाका प्रमुख दिपेन्द्र लम्सालले जानकारी दिनुभयो । कार्यक्रममा अभिकर्ताहरुलाई बीमा सम्बन्धी बनेका नयाँ ऐनको विषयमा जानकारी गराईएको भयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् संस्थाका मध्यपश्चिमाञ्चल क्षेत्रिय संयोजकसुनिल पोख्रेलले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी सर्वाधीक चुक्ता पुँजी सहित स्थापना भएको संस्था भएकाले अन्य बिमा कम्पनी भन्दा फरक सेवा सुविधा रहेको बताउनु भयो । उहाँले अन्य विमा कम्पनीको दर्जामा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी अव्वल गरेको दावी गर्नुभयो । बिमा मानव जिवनको महत्वपूर्ण अंग भएकाले भईपरि आउने दुर्घटनाबाट बच्न बिमा गर्नुपर्ने हुँदा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीलाई रोज्न सबैलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाका प्रमुख कमलादेवी चापागाई, म्याग्दी शाखाका प्रमुख भावना पौडेल, कुश्मा शाखाका प्रमुख दिपेन्द्र लम्साल लगायतले बोल्नुभएको थियो । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी पर्वत शाखाका प्रमुख दिपेन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन ओमकार पौडेलले गर्नुभयो ।

प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार ०६:३३