नेपाल तरुण दल खानीगाउँको अध्यक्षमा निर्मल नेपाली

फागुन १८, पर्वत । नेपाल तरुण दल फलेवास नगरपालिका–५ खानीगाउँको अध्यक्षमा निर्मल नेपाली चयन हुनुभएको छ । नेपाल तरुण दल फलेवास नगर कार्य समितिले आज खानीगाउँमा आयोजना गरेको प्रथम अधिवेशनले नेपालीलाई अध्यक्षमा चयन गरेको हो । समितिको बरिष्ठ उपाध्याक्षमा रिक्की क्षेत्री, उपाध्याक्षमा प्रकाश परियार, अर्जुन श्रेष्ठ र अमित तिवारी चयन हुनुभएको छ । समितिको सचिवमा किसान परियार, सहसचिवमा अन्जान सुनार र कोषाध्याक्षमा अनिता नेपाली सहित ४१ सदस्यीय कार्य समिति चयन भएको नेपाल तरुण दल फलेवास नगर कार्य समितिका सचिव भानुप्रकाश थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी एवम् नेपाली काँग्रेसकी महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले तरुणहरुलाई हात बाँधेर नबस्न आग्रह गर्नुभयो । अब निदाएका यूवालाई बिउँझाउन, निराश भएकालाई आशाबादी बनाउन तथा जोश र जाँगर भएका यूवाहरुलाई एउटा एउटा जिम्मा दिन नेतृत्व संग माग गर्नुभयो । यूवाहरु जिम्मेवारी नपाउँदा पार्टिका हरेक काममा निस्क्रिय हुँदै आएको बताउँदै क्षेत्रीले यूवालाई चुनावको बेला मात्रै प्रयोग गर्ने तर अरुबेला कुनै जिम्मेवारी नदिने संस्कार हटाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । यूवाहरुले चाहे जस्तासुकै क्रान्ती, परिवर्तन र अभियान सफल हुने भएकाले यूवालाई अवसर दिनुपर्ने कुरामा आफुले पार्टिमा दरिलो तरिकाले आवाज उठाउँदै आएको बताउनुभएको छ । फलेवासका यूवाहरुमा रहेको एकता र जोशले भविष्यमा पर्वतका अरु स्थानीय तहका यूवाहरुले फलेवासबाट उदाहरण लिने अवस्था आउने दाबी पनि क्षेत्रीले गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगर कार्य समितिका सभापति हिरामणि सापकोटाले तरुण दल पार्टीको जिम्मेवारी भातृ संगठन भएको बताउँदै युवाहरुलाई पार्टीका गतिविधीमा सक्रिय हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल दलित संघ पर्वतका सभापति याम परियार ‘शिव’, नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष जिवन भुषाल क्षेत्री, नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिका सल्लाहकार बालचन्द्र पौडेल, नेपाली काँग्रेस खानीगाउँका सचिव भिमवहादुर क्षेत्री लम्साल, नेपाल विद्यार्थीं संघ हिमालयन माविका ईकाई अध्यक्ष विवेक गिरी, नेपाली काँग्रेसका क्रियाशिल सदस्य खड्कप्रदसाद लामिछाने लगायतले बोल्नुभएको थियो ।

नेपाल तरुण दल फलेवास नगर कार्य समितिका अध्यक्ष दिनेश लामिछानेको अध्यक्षतामा सम्पन्न भदएको कार्यक्रममा स्वागत मन्तव्य निर्मल नेपाली र संचालन प्रेस युनियन पर्वतका सचिव साजन परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार ०६:५०