वडामा संचालित योजनाहरुको सम्पूर्ण जानकारी गराउन नेपाली काँग्रेस देविस्थानको माग

फागुन १८, पर्वत । नेपाली काँग्रेसले फलेवास नगरपालिका–६ देविस्थानमा विभिन्न आयोजना तथा कार्यक्रमको यर्थाथ विवरण माग गरेको छ । नेपाली काँग्रेस वडा कार्य समिति देविस्थानले वडा तथा नगरपालिकाका वाट संचालित आयोजना तथा कार्यक्रमहरुको यर्थाथ विवरण माग गरेको हो । नेपाली काँग्रेस देविस्थानका सभापति नारायणप्रसाद श्रेष्ठ र वडा अध्यक्ष पदका प्रत्यासी किरणप्रसाद श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले वडामा संचालित योजनाहरुको बारेमा सम्पूर्ण जानकारी गराउनु पर्ने भन्दै माग पत्र बुझाएको छ । काँग्रेसले वडाका सम्पूर्ण कामहरु प्रतिपक्षी दललाई जानकारी गराउनु पर्ने, पार्दशिता हुनुपर्ने, राजनिति आस्थाका आधारमा विभेद गर्न नहुने जस्ता माग राख्दै माग पत्र बुझाएको नेपाली काँग्रेस देविस्थानका सचिव कृष्णप्रसाद भुषालले जानकारी दिनुभयो ।

वडा कार्यालयवाट संचालित आयोजना तथा कार्यक्रमहरुको विषयमा चर्को गुनासो आउन थालेपछि काँग्रेसले वडा कार्यालयका काम कारबाहीको विषयमा जानकारी माग गरेको भुषालले बताउनु भयो । साथै नेपाली काँग्रेसले वडामा संचालित कुनै पनि योजनाको सार्वजानिक सुनुवाइ नभएको, बजेटको सहि व्यवस्थापन गर्न नसकेको, प्रतिपक्ष दललाई उपेक्षा गरेको, वडामा आयोजित तालिमका कार्यक्रममा आफ्ना निकट व्यक्ति मात्र राखेको भन्दै मागपत्र सहित गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।

काँग्रेसले वडा कार्यालयवाट माग भई आएका आयोजना योजनाहरु कुन कुन हुन् , नगरपालिकावाट के कति सम्बोधन भए, कति बजेट बिन्योजन भए, कति कार्य सम्पन्न भएको त्यसको यथार्थ विवरण माग गरेको छ । त्यस्तै सेवा शुल्क, कर र दस्तुरहरु कसरी उठाउने गरिएके छ, कति रकम उठाईन्छ र त्यसवाट संकलित राजश्व कसरी व्यवस्थापन गरिएको छ भन्ने कुराको पनि माग गरेको छ । साथै आर्थिक बर्ष २०७४÷०७५, देखी २०७६÷०७७ सम्ममा वडामा गुणस्तरी शिक्षा,गुणस्तरिय खोपानी, सिचाइको पर्याप्ता, कृषिको आधुनिकरण र व्यवसायिकरण, भौतिक पूर्वाधार अन्तर्गत सकड सञ्जाल विस्तार सँगै गरिवी निवारण कार्यक्रमहरु कहाँ कसरी सञ्चालन भए भन्दै कार्यक्रमहरुको प्रगति अवस्था माग गरेको छ । साथै आर्थिक बर्ष २०७५÷०७६ मा फलेवास नगरपालिकावाट स्वीकृत योजनाहरु जस्तै ः निजी स्रोतवाट राखिएका शिक्षकहरुको लागि तलव विनियोजन गर्ने र दरबन्दी थप गर्ने, कोे विषयमा समेत जानकारी माग गरेको छ । त्यस्तै ५० शैयाको अस्पताल निर्माण गर्ने, डण्डरे खोलाको गुफामा पर्यटक आकर्षित गर्न उचित संरक्षण र व्यवस्थापन गर्ने, धर्मशाला चोकदेखि जैमिनीघाटसम्म मोटरबाटोलाई रकम विन्योजन गर्ने र कृषि उपज संकलन गर्न चिस्यान भण्डारको व्यवस्थापन गर्ने भनिएका योजनाहरुमा के कति रकम विनियोजन भई कति प्रगती भयो, र आर्थिक बर्ष २०७६÷०७७ मा आइैपुग्दा यस्ता आयोजनाहरु कुन कुन हुन ? कति रकम विनियोजन भयो ? सो समेत उल्लेख गरी विवरण उपलव्ध गराईदिनुहुन माग गरेको छ ।

त्यस्तै फलेवास नगरपालिकावाट २०७४÷०७५, २०७५÷०७६, २०७६÷०७७ मा संचालन गरिएका साामजिक विकास, पूर्वाधार विकास, सामान्य सेवा संचालन, आर्थिक विकास, दसंस्थागत विकास र वातावरण तथा विपद् व्यवस्थापन तर्फ संचालित कार्यक्रमको बजेट, तिनीहरुको लक्ष्य, हालसम्मको प्रगति तथा यस विषयमा सम्बिन्धत समग्र कार्यक्रम तथा योजनाहरुको सम्पूर्ण गतिविधीहरु १५ दिनभित्र उपलव्ध गराईदिनुन भनी माग मात्र बुझाएको हो । त्यस्तै नेपाली काँग्रेस देविस्थानले प्रतपक्ष दललाई जानकारी नगराई एकलौटी हिसाबले अगाडि बढेको, जनताको मर्म नबुझीयोजना अगाडी बढाएको र नगरपालिकाले दिने रोजगारमा प्रतिपक्षका कुनै व्यक्ति पनि सहभागी नगराएको लगायतका विषयमा आफुहरुले बुझ खोजेको नेपाली काँग्रेसका नेता बालचन्द्र पौडेलले जानकारी दिनुभयो ।

वडा कार्यालयमा मागपत्र बुझाएपछिको प्रतिक्रिया कस्तो आउँछ । त्यसको आधारमा आफुहरु अगडी बढ्ने नेपाली काँग्रेस देविस्थानका सभापति नारायण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उक्त माग पत्र नेपाली काँग्रेस पर्वत काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष एवम् युवा नेता जिवन भुषाल क्षेत्रीले पढेर सुनाउनु भएको थियो ।

मागपत्र बुझाउन नेपाली काँग्रेसकी महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, नेपाली काँग्रेसका क्रियाशिल सदस्य नारायण रखाल लगायत नेपाली काँग्रेसमा आस्थावान व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार १४:३९