नातीनी जन्मीएको खुशीयालीमा विद्यार्थीलाई स्टेशनरी सामग्री

फागुन १९, पर्वत । नातीनी जन्मीएको खुशीयालीमा यहाँका एक शिक्षकले विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्नुभएको छ । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा अवस्थित गहते अम्बोट आधारभूत विद्यालयका अध्यापन गराउँदै आउनुभएका शिक्षक मोती च्वाईले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्नुभएको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि शिक्षक च्वाई र छोरी सुभेच्छा शर्माले संयुक्त रुपमा विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।

छोरी सिर्जना शर्मालाई पुत्री लाभ भएको खुशीयालीमा स्टेशनरी सामग्री वितरण गरेको शिक्षक च्वाईले जानकारी दिनुभयो । खुशीयाली साट्ने धेरै माध्यमहरु थिए । आफु शिक्षण पेशामा आवद्ध भएकाले विद्यार्थीहरु सँग नै खुशीयाली साटेको च्वाईले बताउनु भयो । उहाँले फजुल खर्च गर्न वा भोज भतेर गर्ने परम्परालाई तोड्दै बिधालयमा स्टेशनरी सामग्री बितरण गरेको बताउनु भयो । साथै सामग्री बितरणले बिद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ अध्ययनप्रती हौसला मिल्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।


साथै शिक्षक च्वाईले आगामी दिनमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । स्टेशनरी सामग्री पाएपछि विद्यार्थीहरुले पनि खुशी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले छोरी सिर्जनालाई पुत्री लाभ गरेकोमा खुशी लागेको बताउनु भयो । उहाँले समाजमा छोराछोरी प्रति अझै विभेद गरेको बताउँदै विभेद न्यूनीकरणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । उहाँले छोरी सिर्जना र नातिनी दुवैको स्वास्थ लाभको कामना गदै शिक्षक च्वाईले उदाहरणिय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
विद्यालयका स्थायी शिक्षक समेत रहेका च्वाईले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग पु¥याउँदै आउनु भएको छ । लामो समयदेखी विद्यालयमा अध्यापन गराउँदै आउनु भएको शिक्षक च्वाईले यसअघि पनि विद्यालयसम्म पुग्ने गोरेटो बाटो निर्माण गर्नुभएको थियो ।

प्रकाशित मिति १९ फाल्गुन २०७६, सोमबार ०३:३८