संसदको झल्को दिनेगरि कुश्मा नगरपालिकाको नगरसभा सम्पन्न

फागुन २१, पर्वत । पर्वतको कुश्मा नगरपालिकाको पाँचौ नगरसभा बुधवार सम्पन्न भएको छ । नगरसभाले विभिन्न ऐन पारित गरेको छ भने संविधान अनुसार गठन गर्नुपर्ने समितिलाई पूर्णता दिईएको छ । नगरसभाले संसोधित बिनिया ेजन बिद्येयक पारित गरेको छ । संसदको झल्को दिने गरि भएको पाँचौ नगर सभा नगरप्रमुख रामचन्द्र जोशीको सभाध्यक्षतामा सम्पन्न भएको हो । सभामा उपप्रमुख सीता काफ्ले लामिछानेले सभामा विषय प्रबेश गराउँदै संसोधित बजेट बिद्येयक, विभिन्न समिति र बिद्येयक प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सबै विषय सभाबाट सर्वसम्मत पारित भएका छन् । नगर सभाले आर्थिक वर्ष २०७६-०७७ को चालु खर्च, पूजीँगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरि ८४ करोड ७५ लाख ४९ हजार रुपैयाँ रकम सञ्चितकोषबाट खर्च गर्ने गरि संसोधित बिनियोजन बिद्येयक पारित गरेको छ ।

 

सभाबाट सर्वसम्मत रुपमा न्यायिक समिति गठन भएको छ । नगर उपप्रमुख सीता काफ्ले लामिछानेको संयोजकत्वमा रहेको समितिका सदस्यहरुमा देबेन्द्रबहादुर नेपाली र तेजप्रसाद पाध्या रहनुभएको छ । राजनीतिक विवाद र किचलोका कारण तीन वर्षसम्म गठन हुन नसकेको न्यायिक समिति पाँचौ नगरसभाले बहुमतले पारित गरेको हो । न्यायिक समिति सहित लेखा र विद्यायन समिति पनि चयन भएको छ । लेखा समितिको संयोजकमा शान्ता पौडेल र सदस्यहरुमा उत्तम ढकाल र कालीभक्त शर्मा रहनुभएको छ । सभा मार्फत विद्यायन समितिको संयोजकमा सुवासचन्द्र पौडेल र सदस्यहरुमा विरेन्द्र रिजाल र कल्पना तिमिल्सिना चयन हुनुभएको घोषणा गरियो । नगरसभामा नगर उपप्रमुख लामिछानेले गतवर्ष नगरपालिकाले विभिन्न विषयगत शाखाहरु र वडाले गरेको प्रगतिको बारेमा जानकारी दिनुभयो ।

 नगरसभा पछि बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले नगरपालिका अव प्रगतीको पथमा लम्किँदै जाने बताउनुभयो । उहाँले कुश्मा नगरपालिकामा जनप्रतिनिधीहरु नगरको विकासमा एकजुट भएको भन्दै आफुहरुले अगाडी सारेका योजनाहरुले मूर्तरुप पाउने बताउनुभयो । कुश्मा नगरपालिकामा गठन हुन नसकेका समितिहरुले पूर्णता पाएकोमा खुशी व्यक्त गर्र्दै नगर प्रमुख जोशीले सबै सदस्यहरुमा रहेको एकताको भावनालाई कदर गर्दै नगर कार्यपालिका अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । उपप्रमुख सीता काफले लामिछानेले नगरवासीहरुको विकासको चाहना पुरा गर्न र सेवा प्रवाह सहज बनाउन जनप्रतिनिधीहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति २१ फाल्गुन २०७६, बुधबार १५:३०