बम विष्फोट मुद्दाका आरोपी विप्लवका जिल्ला इन्चार्ज धरौटीमा रिहा

फागुन २३, पर्वत । बम विष्फोट र एनसेल टावरमा आगजनी गरेको अरोपमा प्रकाउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सुनसरीका इन्चार्ज लक्ष्मण पौडेललाई जिल्ला अदालत सिरहाले धरौटीमा रिहा गरेको छ । बम विष्फोट र एनसेल टावरमा आगजनी गरेको अरोपमा पौडेलविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सांगठनिक अपराधअन्तर्ग दर्ता भएको मुद्दामा थुनछेक गर्न भएको पेसीमा जिल्ला अदालत सिरहाका न्यायाधीश केदारनाथ पौडेलले १५ हजार र बम विष्फोट मुद्दामा साधारण तारेखमा रिहा गरेका हुन् ।

सिरहामा संसदीय निर्वाचनका वेला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेशचन्द्र दासको घरमा बम विष्फोट गराएको र अर्नामा गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई उदयपुरबाट सिरहा ल्याएर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको थियो ।

प्रकाशित मिति २३ फाल्गुन २०७६, शुक्रबार ०७:०५