प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

फागुन २३, काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका सम्पूर्ण रिपोर्टहरू सामान्य छन् र प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरिसकेकोले आत्तिनुपर्ने अवस्था छैन ।

मिर्गौला प्रत्यारोपणका लागि गएको सोमबार अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीलाई एक साता अस्पतालमा राखिने उहाँका निजी चिकित्सक डाक्टर दिव्या सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति २३ फाल्गुन २०७६, शुक्रबार ०७:३५