प्रिमियर लिगका रेफ्रीहरुको कोरोना परीक्षण गरिने, यसै हप्ता सबैको नमूना संकलन गरिंदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग खेलाउने रेफ्री र सहायक रेफ्रीहरुको कोरोना परिक्षण हुने भएको छ ।क्लबका खेलाडी र स्टाफको कोरोना परिक्षण गरिरहेको प्रिमियर लिगले पहिलो पटक रेफ्रीहरुको परिक्षण गर्न लागेको हो ।परिक्षणका लागि सबै रेफ्री तथा अफिसियलहरुको नमुना यसै हप्ता संकलन गरिंदैछ ।

यस अघि खेलाडी र स्टाफ गरि ६ हजार २ सय ६१ जनाको कोरोना परिक्षण गर्दा १३ जनामा संक्रमण देखिएको थियो । तर ती सबैजना अहिले निको भईसकेका छन् ।कोरोनाले स्थगित प्रिमियर लिगका खेलहरु सुचारु गर्नुपूर्व रेफ्रीहरुको पनि परिक्षण गर्न लागिएको हो । प्रिमियर लिगका बाँकी ९२ खेलहरु यही जुन १७ बाट सुचारु हुँदैछ ।

पहिलो खेल एस्टन भिल्ला र शेफिल्ड युनाईटेडबचि हुनेछ । सोही दिन म्यान्चेस्टर सिटी र आर्सनल भिड्नेछन् । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल उपाधि नजिक रहेको छ । शिर्ष स्थानको लिभरपुलको ८२ अंक छ भने एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार ०४:१५