मधुसँग हमालको बर्थ डे सेलिब्रेसन

काठाडमौँ । नायक राजेश हमालले मंगलबार आफ्नो ५६ औं जन्मदिन मनाएका छन् । लकडाउनका कारण घरमै रहेका हमालले आफ्नी पत्नी मधु भट्टराईसँग जन्मदिन सेलिब्रेसन गरेका हुन् ।

राजेश आफैँले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनले सबैलाई धन्यवाद समेत दिएका छन् ।

नायक हमाललाई जन्मदिनमा एक जना साथीले साइकल उपहार दिएका छन् । नायक राजेश हमालले लामो समयदेखि आफ्नो जन्मदिन विभिन्न सामाजिक संघसंस्थामा पुगेर मनाइरहेका थिए ।

तर यसपटक लकडाउनका कारण नायक राजेश हमालले घरमै जन्मदिन मनाएका हुन् । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि राज गरेका नायक हमाल अहिले चलचित्र निर्देशन गर्ने तयारीमा छन् ।

प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार १४:०४