वायुसेवा निगम : समस्यालाई अवसरमा कसरी बदल्ने ?

नेपालको हवाई यातायातको साखलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सामु समस्या र अवसर दुवै छन् । समस्याहरुलाई अवसरका रुपमा बदल्नु सबैभन्दा चुनौतीपूर्ण कार्य हो ।

सरकारको सतप्रतिशत लगानी रहेको सेवा क्षेत्र अन्तर्गतको यो अबिछिन्न उत्तराधिकारीवाला एक संगठित संस्था हो । ६१औं बसन्त पार गरिसकेको निगम देशको आर्थिक, सामाजिक र राजनैतिक परिवर्तनसँगै सरकारी स्वामित्वका कतिपय संस्थाहरु धरासायी हुँदा पनि आफ्नो व्यावसायिक क्षमतालाई थप उचाइमा पुर्याउन लागि परेको छ । नियमित, भरपर्दो, सुरक्षित, सुव्यवस्थित र किफायति रुपबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्दै नेपालको हवाई सेवाको चौतर्फी विकास गर्नु निगमको लक्ष्य पनि हो ।

स्थापनाकाल ९सन् १९५८ जुलाई १० मा एउटा डाकोटा जहाज र ९६ जना कर्मचारीसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान शुरु गरेको निगमसँग हाल दुईवटा वाईडबडी ९ए ३३०(२०००, दुईवटा न्यारोबडी ९ए ३२०(२०००, दुईवटा एमए(६० र चारवटा वाई(१२ जहाज छन् । प्रजातन्त्र पुनर्वाहाली अघिसम्मका निगमका दिनहरु सन्तोषजनक नै थिए ।
मञ्जु गौतम

जर्मनी, बेलायत, फ्रान्ससम्म अन्तर्राष्ट्रिय उडान र नेपालको भौगोलिक रुपमा विकट रहेका जिल्लाहरुमा आन्तरिक उडान गरेको निगम प्रजातन्त्र पुनर्वहालीपछि प्राय राजनैतिक झमेलाको शिकार हुनुपर्यो ।

विमान कम्पनीहरुको महत्वपूर्ण आधार भनेको नै विमानहरु र तिनीहरुको उडान व्यवस्थापन नै हो । तर, निगमलाई भने विमान संख्याको अभाव एकातर्फ रहयो भने नयाँ जहाज किन्दा लागेको ऋणको साँवा ब्याज कसरी धान्ने भन्ने समस्याले पिरोलिरहेको छ । संस्थाको परिचय सरकारी, ध्वजाबाहक वा सरकारको सतप्रतिशत लगानी भनिएता पनि चिनियाँ जहाज बाहेक सरकारका तर्फबाट प्रत्यक्ष वित्तीय सहयोग निगमलाई हालसम्म प्राप्त भएको छैन ।

वर्तमानमा अन्तर्राष्ट्रिय हवाई उडान जगतलाई नै प्रभावित पारेको कोरोना भाइरससँगै नेपालको हवाई यातायात पनि प्रत्यक्ष रुपमा प्रभावित भएको छ । करिव तीन महिनादेखि आन्तरिक तथा अन्तर्राष्ट्रियरुपमा व्यावसायिक उडान ठप्प प्रायः हुँदा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने ठूलो चुनौती निगम व्यवस्थापन सामु खडा भएको छ ।

निगम आजसम्म जे(जस्तो अवस्थामा बाँचिरहेको छ, आफ्नै कमाईमा हो । आर्थिक वर्ष २०७७र०७८को बजेट बक्त्तव्यमा कोरोना भाइरस ९कोभिड १९० महामारीका अवधिभर विमान कम्पनीहरुको पार्किङ शुल्क मिनाहा गर्ने भनिएको छ, जुन स्वागतयोग्य पनि छ ।

तर, दुसखको कुरा निगमको अस्तित्व बचाउनका लागि राष्ट्रिय ध्वजावाहकको नामसम्म पनि बजेट बक्तव्यमा आएन । हवाई उड्डयन क्षेत्र एक प्राविधिक र विशिष्ट प्रकृतिको हुनाले अन्य सार्बजनिक संस्थानहरु जस्तै निगमलाई पनि एउटै बास्केटमा राखी मूल्याङ्कन गर्दा निगमको रक्षा हुन सक्दैन ।

सरकारी संघसंस्थाको महत्व मुलुकमा संकटका बेला झल्किन्छ । कोरोना महामारीको समयमा निजी अस्पताललाई पछाडि पार्दै सेवा प्रदान गर्ने टेकु अस्पताल होस् वा निजी विमान कम्पनीभन्दा अगाडि रहेर दुर्गममा खाद्यान्न ढुवानी, स्वास्थ्य सामाग्री आयात, विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा निरन्तर रुपमा सक्रिय निगम जस्ता संस्थाको संरक्षकको रुपमा सरकार नै रहनु जरुरी छ ।

उपयुक्त व्यावसायिक योजनासहित उत्तरदायी, सक्षम र कुशल व्यवस्थापन पद्धतिअनुरुप सञ्चालन हुन नसकेको अवस्था निगमको तीतो यथार्थ हो । समयमा ओ एण्ड एम सर्वेक्षण हुन नसक्नु, निगमको भारभन्दा बढी संख्यामा कर्मचारी रहनु, पर्याप्त दक्ष प्राविधिक जनशक्तिको अभाव, ग्राउण्ड ह्याण्डलिङ् सेवाको लागि आधुनिक उपकरण र पूर्वाधार निर्माणको अवस्था कमजोर रहनु, विभिन्न स्थानमा रहेका निगमका जग्गाहरुलाई व्यावसायिक प्रयोजनमा ल्याउन नसक्नु निगमका कमजोरीका रुपमा रहेका छन् ।निगमको वार्षिक नीति तथा कार्यक्रम, तीनवर्षे सुधार कार्ययोजना तथा मन्त्रालय अन्तर्गतका निगम सुधार सुझाव कार्यदलले पनि समय समयमा अत्यन्त सराहनीय र उपयोगी सुझाव नदिएका होइनन् । बिडम्बना ती सुझावहरु कहिले कार्यान्वयनमा आउन सकेनन् । सरकार स्वयं जमानी बसी निगमलाई जहाज किन्दा उपलब्ध गराएको ऋण प्रचलित दर भन्दा महँगो हुँदा त्यसको भारले निगमलाई थप कमजोर बनाएको छ ।

आन्तरिक उडानका लागि पर्याप्त जहाजहरु नहुँदा निजी विमान कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्नु , आन्तरिक उडानतर्फ अनलाइन टिकटिङ् र उडान निर्धारण सम्बन्धी कार्यविधि फितलो हुनु, जहाज मर्मत सम्बन्धी समस्या, अन्तर विभागीय समन्वयको अभाव र परम्परागत पद्धतिको बाटो अवलम्वन गर्दा व्यवसायिक दक्षता अभिवृद्धि गर्न नसकेको अवस्था छ ।

निगम राज्यको सामाजिक दायित्व बहन गर्दै पर्यटन प्रवर्द्धन तथा प्राकृतिक विपत्ति ९भूकम्प, कोरोना कहर० का बेलामा पनि अविचलित भइ देशको सेवामा तल्लीन छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको शान र झण्डा फहराउँदै हजारौँ जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पनि दिइरहेको छ ।

ग्राउण्ड ह्याण्डलिङ् सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरे बापत निगमले अन्तराष्ट्रिय स्तरको “क्ष्क्ब्न्इ” प्रमाणपत्र तथा यात्रु सन्तुष्टि, विश्वसनियता र सुरक्षाको प्रश्नमा विश्वास जितेर “ःयकत उयउगबिच ब्ष्चष्लिभक ब्धबचम द्दण्ज्ञढ” पनि प्राप्त गरेको छ । दुर्घटना दर न्यून रहनु निगमको अर्को राम्रो पक्ष हो । अन्तर्राष्ट्रिय उडानमा बढी यात्रुलाई सेवा प्रदान गरेको गौरवशाली संस्था पनि हो, निगम ।

विगतलाई कोट्याउने भन्दा पनि वर्तमानलाई विश्लेषण गरी व्यवहारिक कार्यनीति निर्माणका साथ निगम अगाडि बढ्न जरुरी छ । महामारी कहरका बीचमा पनि विकासको गति रोकिनु हुँदैन भन्ने वस्तुगत तथ्यलाई ध्यानमा राखी निगमले विमान संख्या, गन्तव्य बजार तथा प्रशासनिक क्षमता वृद्धि गरी लक्ष्य प्राप्तिमा निरन्तर लागिरहनु पर्दछ । नयाँ संघीय संरचना अनुसार निगमको संरचनामा पनि विस्तार गरी उल्लेखित समस्याहरुलाई अवसरको रुपमा बदल्दै निगमले तत्काल र दीर्घकालीन रुपमा व्यवहारिक तवरले निम्नानुसारको कार्य गर्न जरुरी छस्

तत्काल गर्नुपर्ने

कार्गो, टिकट काउन्टर तथा विमानस्थल परिसरमा सामाजिक दुरी कायम हुने गरी कार्यालय संरचना र सुरक्षाको प्रबन्ध गर्ने ।
बोर्डिङ हुनुभन्दा अगाडि स्यानिटाईज्ड गराउने र दुरी कायम गरी जहाजमा प्रवेश गर्ने व्यवस्था मिलाउने ।
वित्तीय तथा संस्थागत सुशासन कायम गर्ने ।
निगम स्वामित्वमा रहेका तर प्रयोगमा नआएका जग्गाहरुलाई व्यवसायिक प्रयोजनका लागि यथाशिघ्र कार्य गर्ने ।
निगमको आर्थिक भार न्यून गर्नका लागि सरकार स्वयमको लगानीमा पुँजी वृद्धि गर्न र ब्याजको दर घटाउन निगम व्यवस्थापनले आवश्यक कदम चाल्ने ।
चिनियाँ जहाजहरुको यथाशिघ्र उचित व्यवस्थापन तथा नयाँ जहाजको खरीद गरी आन्तरिक उडानलाई नियमित गर्ने ।
कायम मुकायम तोक्दा र विदेशस्थित कार्यालयमा सरुवा तथा पदस्थापनामा वैज्ञानिक मापदण्ड बनाई कार्यान्वयनमा ल्याउने ।
व्यवसायिक दक्षताको आधारमा अन्तरविभागीय समन्वयको माध्यमबाट प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली स्थापित गर्ने ।
टिकट तथा अन्य कुनैपनि किसिमको भुक्तानीलाई पारदर्शी बनाउन कार्डमार्फत भुक्तानीको प्रबन्ध गर्ने ।
आवश्यक अध्ययन गरी निगमको संरचना र जनशक्तिलाई ठिक्क आकारमा ल्याउने ।
अनलाइन टिकटिङ सिस्टमका लागि विश्वसनीय सफ्टवेयरलाई प्रयोगमा ल्याउने ।

दीर्घकालमा गर्नुपर्ने

घाटामा उडान भएका गन्तव्यको उडान तालिका कटौति गरी आधुनिक उडान तालिकासहितको नाफामूलक गन्तव्यमा बजार विस्तार गर्ने ।
टिकट रिजर्भेसन बुकिङ् तथा अन्य कुनै पनि टिकटिङसम्बन्धी विरोधाभाषपूर्ण विषयहरुलाई ट्राभल एजेन्ट र निगमको समन्वयमा समाधान गर्ने ।
नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा विमानस्थलमा यात्रु ट्रान्जिट हल बनाउन पहल गर्ने, जसलेगर्दा यात्रुलाई ट्रान्जिट सेवा प्रदान मार्फत आम्दानीको स्तर र सेवाको विस्तार दुबै बढाउन सकिन्छ ।
अन्तर्राष्ट्रिय यात्रुलाई सिधै गन्तब्यसम्म पुर्याउनका लागि निगमकै आन्तरिक उडानसँग अन्तर्राष्ट्रिय उडानको तादाम्य मिलाउने, ता कि यात्रुको सेवाको सहजता र निगमको व्यवसायिक स्तर बृद्धि होस् ।
युरोपेली विश्व बजारमा पनि आफ्नो साख स्थापित गर्न तथा नेपाललाई युरोपियन युनियनले राखेको कालो सूचीबाट हटाउन निगमले पनि आफ्नो तर्फबाट आवश्यक कार्य सम्पन्न गरी सरकारलाई सहयोग गर्ने ।
विदेशी पाइलटको खर्चले पारेको आर्थिक भार न्यून गर्नका लागि आवश्यक कदम चाल्नुका साथै विमान मर्मत सम्भारका लागि यथेष्ट कार्ययोजना सहित गृहकार्य अगाडि बढाउने ।
निगमले सिधा उडान भर्न नसकेका अन्तर्राष्ट्रिय गन्तव्यहरुमा पनि उपस्थिति जनाउनका लागि अन्य विदेशी एयरलाइन्सहरुसँग सहकार्य गर्दै कोड शेयरिङ पार्टनरशीपको लागि आवश्यक पहल गर्ने ।

सामयिक सुधारले परिवर्तनलाई सम्बोधन गर्नुपर्दछ र प्रयासको निरन्तरताले मात्र त्यो सम्भव छ । सोही तथ्यलाई मनन गरी निगमले पनि हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै थप व्यवसायिक क्षमता अभिबृद्धिका लागि कार्ययोजनाका साथ अगाडि बढन जरुरी छ । आगामी दिनमा उपयुक्त प्राविधिक जनशक्ति र विमान संख्यामा बृद्धि गरी सेवा बिस्तार गर्नुपर्दछ ।

निगम सुधारका लागि सरकारी तवरबाट व्यवस्थापन साझेदारीको विकल्पका कुरा पनि उठिरहेका बेला निगम व्यवस्थापनले उपयुक्त विकल्प सहितको कार्ययोजना तयार गरी आगामी कार्यदिशा सरकार समक्ष प्रस्तुत गर्न अत्यन्त जरुरी छ ।

राष्ट्रको हवाई सेवा विस्तार, पर्यटन प्रवर्द्धन तथा संकटका बेला आपतकालीन उडान गरी सरकारलाई पूर्णरुपमा सहयोग गर्दै आइरहेको निगमलाई आगामी दिनमा राज्यले पनि उचित संरक्षण दिएको खण्डमा निगमको स्तर उन्नति हुनुका साथै राज्यको आर्थिक तथा पर्यटन क्षेत्रमा पनि ठूलो योगदान पुग्नेछ ।

९गौतम नेपाल वायुसेवा निगममा कार्यरत छिन् ।
साभार ः अनलाईन खवरवाट

प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार १७:२५